विप्लव कार्यकर्ताद्वारा नुवाकोटमा स्काभेटर आगजनी

Avatar photo
Dhadingpost
आइतवार, भदौ ७, २०७७

नुवाकोट साउन ७ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहले नुवाकोटमा स्काभेटर आगजानी गरेका छन् । आगजनीबाट स्काभेटरमा रु २० लाख बराबर भएको बताईएको छ ।

नुवाकोटको म्यागङ गाउँपालिकामा आगजनी गरिएको उक्त स्काभेटर बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले संचालन गर्दै आएका थिए ।

घटना स्थलमा विप्लव कार्यकर्ताहरुले घटनाको आशय पत्र पनि छाडेर गएको प्रहरीले जनाएको छ । उक्त पत्रमा दुई वर्षअघि कब्जा गरेको जग्गाबाट राजेन्द्रले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप लगाइएको छ ।