धादिङका निजी विद्यालयका शिक्षक तलव माग गर्दै आन्दोलित

Avatar photo
Dhadingpost
आइतवार, असार २८, २०७७

धादिङ असार २८ । धादिङका निजी विद्यालयमा पढाउने शिक्षकहरु तलव माग गर्दै आन्दोलित भएका छन् ।

धादिङका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारिहरु चैत्र देखि तलव नपाएको भन्दै धादिङबेसी बीचबजारमा प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

सरकार, प्याब्सन, एन्प्याब्सन र निजि विद्यालय सन्चालक तथा सम्पुर्ण सरोकारवालाहरुले निजी विद्यालयका शिक्षकहरुको बारेमा नबोले पछि आन्दोलनमा उत्रनुको विकल्प नरहेको आन्दोलनमा सहभागि रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।

श्रेष्ठले भने, शिक्षक कर्मचारी यो शैक्षिक सत्रमा समेत प्रतिबद्ध भएर आफ्नो जिम्मेवारी बोध गर्दै नियमित कार्य सम्पादन गरिरहेका छन् तर पनि निजी विद्यालयका संचालनकहरुले वास्तै गर्दैन ।

आन्दोलनमा देखिएका सबै शिक्षकहरुलाई विद्यालयले नियुक्ती पत्र पनि नदिएको बुझिाएको छ । न नियुक्ती पत्र छ न चैत्र देखि तलब दिएका छन् हाम्रा पनि परिवार छन् के हामी भोकै बस्ने ? विकल्प नभएपछि आन्दोलन गर्नु परेको आन्दोनमा सहभागि अर्का शिक्षक शक्तिमान लामाले बताए ।

बीचबजारमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका शिक्षकहरुले विद्यालय संचालक हाम्रो तलबको व्यवस्था गर, दया हामीलाई चाहिदैन अधिकार खोस्न पाइदैन, सेवा हामीले रोकेनौँ, भोकले आँखा देखेनौ जस्ता प्लेकार्ड बोेकका थिए ।

आन्दोलनकारी शिक्षकहरुको यस्तो थियो नाराहरु:

  • कोरोनाले भन्दाभोकले मरिने भो, निजी क्षेत्रकाशिक्षकहरुको सामाजिक सुरक्षा सुनिश्चित गर ।
  • निजी क्षेत्रकाशिक्षकहरुलाई नियुक्तिपत्र जारी गर ।
  • सरकार तिमीकँहा छौ ?, हामीले कर तिरेका छैनौँ र ?
  • दयाको शब्दचाहिँदैन, खाली पेट मार्न पाईदैन ।
  • सेवाहामीले रोकेनौँ, भोकले आँखा देखेनौँ ।
  • दयाहामीलाई चाहिँदैन, अधिकार खोस्न पाईदैन ।
  • विद्यालय सञ्चालक, हाम्रो तलबको व्यवस्था गर ।
  • बहानावाजी होईन, जिम्मेवारी बन ।
  • विद्यालय संचालक किन मौन ?, राहत तलबको ब्यबस्थापन गर ।
  • विद्यालय संचालक किन मौन ?, शिक्षिक नै नवाचे कसले उत्पादन गर्छ भावी कर्णधार, कसरी हुन्छ समृद्घ नेपाल ?
  • हामीले त आफ्नो कर्तव्य पुरा गर्यौँ, अबपालो संचालक र सरकारको पालो ।
  • हामीविद्यालय, विद्यार्थी, अभिभावकप्रतिप्रतिबद्धछौ, हामीप्रति…….?, असारे झरी पिडा छ मन भरि, ए सरकार बुझिदेउ, केही गरि ।