
धादिङ असार २६ । कोभिड -१९ को संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले गरेको लकडाउन कारण अफ्ठ्यारोमा परेका १०० जनालाई नि:शुल्क आवास तथा भोजनको व्यवस्था गर्दै आएका युवराज खतिवडाले केहि दिन देखि पर्दै आएको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको क्षतिको सम्भाबना देखियो भने सहयोग गर्न तयार रहेको बताएका छन् ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका खाल्टे निवासी खतिवडाले पोखरामा कमजोर आर्थिक अवस्था भएकालाई मात्र नभएर लकडाउनका कोठा भाडा नतिरेर घरबेढीले घरबाट निकालिएकालाई नि:शुल्क आवस र भोजन मात्र दिएका छैनन् । सिद्धार्थ चोकमा रहेको तरकारी र फलफूल पाइने सब्जीमण्डी र पोखराकै चर्चित पृथ्वी चोकमा रहेको पोखरा सस्तो बजारका सटर व्यवसायीलाई लकडाउन अवधिको भाडा समेत छुट दिएका छन् ।
पछिल्लो समय अविरल वर्षका कारण फेरि पनि प्राकृतिक विपत्तीको जोखि रहेको बताउँदै खतिवडाले कुनै अफ्ठेरो परे उद्दारको लागि तयार भएको बताएका छन् ।