धादिङ जिल्ला प्रशासनमा काँग्रेस नेता तथा कार्यकर्ताको भीड

Avatar photo
Dhadingpost
मङ्लबार, असार २, २०७७

धादिङ असार २ । जिल्ला प्रसाशन कार्यालयमा मंगलबार दिउँसो नेपाली काँग्रेसका धादिङको नेता तथा कार्यकर्ताहरुको भीड देखिन्थ्यो ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन उनीहरुको जिल्ला प्रशासन भिड लागको हो ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नेपाली काँग्रेस धादिङले पनि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पत्र बुझाएका हुन् ।

लामो अवधि पार गरिसक्दासम्म पनि आम नागरिकमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्तता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीतका क्वारेन्टाइनहरू निर्माण गरिनु, क्वारेन्टाइन नै संक्रमण बढाउने केन्द्र बन्दै जानु, विपन्न नागरिक र श्रमिकहरूको जीविका अत्यन्त कष्टकर बन्दै जानु र कतिपयले भोकका कारण मृत्युवरण गरिसकेको यथार्थता प्रति सरकार असंवेदनशील भएको आरोप लगाउँदै ज्ञापन पत्रमा १६ बुँदे माग राखेका छन् ।