
धादिङ असार २ । कोरोना भाईरस (कोभिड १९) का कारण खाद्यान्न संकटमा परेका धादिङका मजदुर, विपन्न परिवारहरुलाई इसाई समाज धादिङले ५१२ बोरा चामल सहयोग गरेको छ ।
इसाई समाज धादिङले नीलकण्ठ नगरपालिकाको ३,४ र १२ वडाहरुमा २५२, बेनीघाट रोराङको ९,६,४ र ३ वडाहरुमा २२० बोरा चामल मजदुर, विपन्न परिवारहरुलाई वितरण गरेको थियो ।
यस्तै गजुरी गाउँपालिकाले संचालनमा ल्याएको फुड बैंकलाई ४० बोरा चामल प्रदान गरेको बविन लामाले धादिङपोष्टलाई बताए ।
लामाका अनुसार खाद्यान्न संकटमा रहेका दैनिक ज्याला मजदुर गरिखाने, एकल महिला, अपांगता भएकाहरुलाई उक्त चामल नि:शुल्क वितरण गरिएको हो ।
समाजले बेनीघाट रोराङ ९ रोबाङका ४० घरधुरी बिपन्न ज्याला मजदुरी गरिखाने परिवारलाई राहत स्वरुप चामल ३० केजी, तेल २ लिटर, नुन २ केजी र साबुन प्रति परिवार ४ वटा वितरण गरेको थियो ।

राहत बितरण कार्यक्रममा गाउँपालिका सदस्य राम बहादुर बराम, वडा अध्यक्ष शुरेश मल्ल, समाजको अध्यक्ष लेक बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।