
धादिङ बैशाख ११ । धादिङको गजुरी गाउँपालिकाले संचालनमा ल्याएको फुड बैंकलाई धादिङ इसाई समाज र पुनरुत्थान वोर्ड समितिले चामल प्रदान गरेका छन् ।
कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण खाद्यान्न संकट परिवारलाई सहयोग गर्ने उद्धेश्यले गाउँपालिकाद्वारा संचालित फुड बैंकलाई इसाई समाज र पुनरुत्थान बोर्डले ५६ हजार मुल्य बराबरको १२ सय किलो चामल सहयोग प्रदान गरेको हो ।
हामी सामाजिक सेवामा कृयाशिल छौं हामीले गरेको चामल सहि सदुपयोग हुनेमा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले ढुक्क हुन आग्रह गर्नुभएको बविन लामाले धादिङपोष्टलाई बताए ।
यस्तै गजुरी गाउँपालिकाले स्थापना गरेको फुड बैंकमा लायन्स क्लब अफ मलेखु टाउनले चामल १० बोरा (३०० केजीे), नुन १ बोरा (५० केजी), चिउरा २ बोरा (४० केजी) र साबुन १ कार्टुन (७२ वटा) सहयोग गरेको छ । त्यसै गरि नवजीवन साना किसान सहकारी गजुरी ५ को तर्फबाट २५ हजार १२५र रुपैया पनि फुड बैकलाई प्राप्त भएको गजुरी गाउँपालिकाले जनाएको छ ।