
धादिङ बैशाख १७ । धादिङ इसाई समाज धादिङ र बेनीघाट रोराङ गाउँपालिका इसाई समाजले बेनीघाट रोराङ ९ रोबाङमा खाद्यान्न वितरण गरेका छन् ।
गाउँपालिकाले अहिले सम्म गाउँपालिकाको राहात नपाएको र गाउँपालिकाले राहात वितरण गर्दा खाद्यान्न संकट नभएको तर अहिले खाद्यान्न संकटमा परेका असाह्य, गरिव तथा मजदुरहरुलाई राहात बाड्न अनुमति दिए सँगै इसाई समाजले बेनीघाट रोराङ ९ रोबाङमा खाद्यान्न वितरण गरेको हो ।
समाजले बेनीघाट रोराङ ९ रोबाङका ४० घरधुरी बिपन्न ज्याला मजदुरी गरिखाने परिवारलाई राहत स्वरुप चामल ३० केजी, तेल २ लिटर, नुन २ केजी र साबुन प्रति परिवार ४ वटा वितरण गरिएको वविन लामाले धादिङपोष्टलाई जानकारी दिए ।
राहत बितरण कार्यक्रममा गाउँपालिका सदस्य राम बहादुर बराम, वडा अध्यक्ष शुरेश मल्ल, समाजको अध्यक्ष लेक बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।
यस अघि इसाई समाजले गजुरी गाउँपालिकाले संचालनमा ल्याएको फुड बैंकलाई ५६ हजार मुल्य बराबरको १२ सय किलो चामल सहयोग सहयोग गरेको थियो ।
जिल्लामा सबै भन्दा धेरै राहात वितरण गर्ने गाउँपालिकाको रुपमा चिनिने बेनीघाट रोराङ गाउँपालिकाले २ हजार ८९२ परिवारलाई राहात प्रदान गरेको थियो ।