
धादिङ जेष्ठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भारतबाट फर्किएका १२ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ ।
एक साथाको अवधिमा त्रिपुरासुन्दरी गाउँपालिकाले भारतबाट फर्किएका ५० जनालाई क्वारेन्टाईनमा राखेको छ । सोमबार सेउरेनी र कार्की गाउँ माध्यामिक विद्यालयको क्वारेन्टाईनमा आरडिटी परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्रिपुरासुन्दरी वडा नम्बर ७ मा ८ जनाको परिक्षण गर्दा ३ जना र वडा नम्बर ४ को कार्की गाउँ माविमा १७ जनाको परिक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले बताए ।
आरडिटीमा पोजेटिभ आउनेहरुको पीसीआर परिक्षणको लागि पठाउने तयारी भईरहेको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
यस अघि धादिङमा आरडिटीमा पोजेटिभ देखिएर पीसीआर परिक्षणको लागि पठाईएका डेढ दर्जन भन्दा बढीको पिपोर्ट नेगेटिभ आएको थियो ।
त्रिपुरासुन्दरीले सबै भदा बढी कार्की गाउँ माध्याकि विद्यालयमा बनाईएको क्वारेन्टाइनमा १७ जना राखेको छ भने सुन्दरी माध्यामिक विद्यालयमा १२ जना, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र माझ गाउँमा १० जजा, सिउरेनी क्वारेन्टाइनमा ६ जना र महेन्द्रोय मावि मुलपानीमा ५ जनालाई क्वारेन्टाईनमा राखेको छ ।
त्रिपुरासुन्दरीमा भारतबाट आएका ५० जनलाई क्वारेन्टाईनमा राखियो