
धादिङ जेष्ठ १९ । धादिङको त्रिपुासुन्दरी गाउँपालिकाले छिमेकी मुलुक भारतबाट आएका ५० जनालाई क्वारेन्टाइनमा राखेको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न धादिङको त्रिपुरासुन्दरीले सात ठाउँमा क्वारेन्टाइन बनाई भारतबाट फर्किउका ५० जनालाई राखेको हो ।
त्रिपुरासुन्दरीले सबै भदा बढी कार्की गाउँ माध्याकि विद्यालयमा बनाईएको क्वारेन्टाइनमा १७ जना राखेको छ भने सुन्दरी माध्यामिक विद्यालयमा १२ जना, सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र माझ गाउँमा १० जजा, सिउरेनी क्वारेन्टाइनमा ६ जना र महेन्द्रोय मावि मुलपानीमा ५ जनालाई क्वारेन्टाईनमा राखेको छ ।
भारतबाट घर फर्कदा क्वारेन्टाईनमा नबसेका र आरडीटि परिक्षण समेत नगराएकाहरुलाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
नगरपालिका र अन्य गाउँपालिकाबाट आउने पैदल यात्री र सामान ढुवानी गर्ने सवारी साधनहरुलाई सिमानाकामा कडाई गरेको यस गाउँपालिकाले सम्भावित कोरोनाको जोखिम न्युनिकरणका लागि विभिन्न उपयह अवलम्बन गरि रहेको छ ।
त्रिपुरासुन्दरीका सम्पूर्ण खवरहरु पढ्नको लागि यहाँ क्लिक गरौं