प्रदेशलाई ५५ अर्ब १९ करोड र स्थानीय तहलाई ९० अर्ब ५ करोड अनुदान घोषणा

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १५, २०७७

काठमाडौं जेष्ठ १५ । सरकारले आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेटमा प्रदेशलाई ५५ अर्ब १९ करोड र स्थानीय तहका लागि ९० अर्ब ५ करोड समानीकरण अनुदान छुट्ट्याएको छ ।

संघीय सरकारको स्रोतमा संकुचन हुने अनुमान भएपनि वित्तीय संघीयता कार्यान्वयनलाई प्राथमिकता दिन सशर्त अनुदानमा समेत उल्लेख्य वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

सशर्त अनुदानतर्फ प्रदेशका लागि ३६ अर्ब ३५ करोड र स्थानीय तहका लागि १ खर्ब ६१ अर्ब ८ करोड बजेट छुट्ट्याइएको छ ।

सरकारले हरेक प्रदेशलाई दुई राजमार्गले जोड्ने योजना सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो बताएका हुन् ।

आवागमनलाई सहज बनाउन र उत्पादित सामाग्रीको निर्यात गर्न राजमार्ग निर्माणलाई उक्त प्राथमिकता दिइएको खतिवडाले बताएका छन् ।