थाँक्रे गाउँपालिकाद्वारा सहयोगीको नाम सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख १७, २०७७

धादिङ बैशाख १७ । धादिङको थाँक्रे गाउँपालिकाले यो लकडाउनको अवधिमा गाउँपालिकालाई सहयोग गर्ने, व्यक्ति, संघ संस्थाहरुको नामावली र उनीहरुको सहयोग विरण सार्वजनिक गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रण तथा यस अवधिमा भएको खाद्यान्न संकट समाधानको लागि सहयोग गर्ने व्यक्ति, संघ संस्थाहरुको नामावली सार्वजनिक गरेको हो ।

थाँक्रे गाउँपालिका भित्र रहेका ६ वटा सहकारीले नगद र अन्य ४ वटा संस्थाहरुले खाद्यान्न सामाग्री र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको सूचनामा उल्लेख छ ।

लकडाउनको मारमा परेका असाह्य, गरिव र मजदुरहरुलाई निरन्तर सहयोग गर्दै आईरहेको थाँक्रे गाउँपालिकाले कोरोना भाईरको संक्रमण रोकथाम तथा उपचार र खाद्यान्न संकट समाधानका लागि रहयोग गर्न सकेत अपिल गरेको छ ।