पूर्वराजा ज्ञानेन्द्रले कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने

Avatar photo
Dhadingpost
चैत्र १८, २०७६

काठमाडौं चैत्र १८ । कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोन उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ जम्मा गर्ने भएका छन् ।

हिमानी कोषलाई २ करोड दिई हिमानी कोष मार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा जम्मा गर्ने भएका हुन् ।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसलाई अझै प्रभावकारी बनाउन अपील गरेका छन् ।