प्रथम चरौंदी महोत्सव माघ १० गते देखि सुरु हुँदै

Avatar photo
Dhadingpost
माघ ९, २०७६

धादिङ माघ ९ । धादिङको बेनिघाट रोराङको तरकारी पकेट क्षेत्रको रुपमा चिनिने चरौंदीमा माघ १० गते (भोली) देखि प्रथम चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव सुरु हुँदै छ ।
महोत्सवको उद्घाटन वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले गर्ने आयोजकले बताएको छ ।

यस महोत्सवमा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, औद्योगिक उपकरणहरु, त्रिशुलीमा र्याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुन्दर नागी, स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, मुख्य आकर्षणहरु रहने क्लवका अध्यक्ष उज्वल रिजालले धादिङपोष्टलाई बताए ।

चरौंदी समाज सुधार युवा क्लवले आयोजना गर्ने चरौंदी कृषि, पर्यटन तथा औद्योगिक महोत्सव माघ १९ गते सम्म चल्ने छ ।