आईचरट्रक दुर्घटना हुँदा ७ को मृत्यू ७ गम्भीर घाईते

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ७, २०७६

धादिङ माघ ७ । धादिङको नीलकण्ठ नगरपालिका ९ मैदी भञ्ज्याङमा आईचरट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने ७ जना गम्भीर घाईते भएका छन् ।

ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डली पुजा सकेर फकिँदै गर्दा स्थानीय चढेको ग १ ख ८०१२ नम्बरको आइचर ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको र ७ जना गम्भीर घाईते सहित ३० जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

निलकण्ठ नपा २ का वडा अध्यक्ष ध्वजबहादुर गुरुङका अनुसार मृत्यु हुनेहरुमा निलकण्ठ २ भुलभुलेका बिदुर गुरुङ, ध्वज ब गुरुङ, तिलक ब गुरुङ, पुर्णमान श्रेष्ठ, प्रेम ब गुरुङ, बेल बहादुर गुरुङ र सेते गुरुङ गरेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार तिब्र गतिका कारण आइचर ट्रक पल्टिएको हो । गम्भीर ७ जना घाइतेलाई केहिबेर अघि हेलिक्प्टरबाट थप उपचारको लागि काठमाडौ लगिएको छ ।