पत्रकार महासंघ युएईको अध्यक्षमा लक्ष्मण खनाल निर्वाचित

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १७, २०७६

दुबई । नेपाल पत्रकार महासंघ युएई शाखाको छैठौ अधिवेशन गत शुक्रबार दुबईमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लक्ष्मण खनालको अध्यक्षता ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्ष मेघराज सापकोटा, सचिव मोहन बस्याल, सहसचिव राम ढुंगेल, कोषाध्यक्षमा माधव न्यौपाने चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा हरि दुलाल, खिमलाल पान्डे, रामकुमार परियार र प्रिथी छक बुढा मगर रहेका छन् । अधिवेशनले राष्ट्रिय परिषद सदस्यमा निमेश गिरी र सल्लाहकारहरुमा हरि नेपाली र एकेन्द्र थापाको चयन गरेको हो ।

कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्षले नवनिर्वाचित समितिलाई शुभकामना दिदै सम्बन्धित देशको कानुनको अधीनमा रही कलम चलाउन आग्रह गरेका थिए ।