गगन थापाले गरे धादिङ पर्यटन महोत्सवको उद्घाटन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १३, २०७६

धादिङ मंसिर १३ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले आज देखि धादिङबेसीमा सुरुभएको कृषि पर्यटन महोत्सव तथा व्यापार मेला उद्घाटन गरेका छन् ।

महोत्सव उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका थापाले नेपालकै गौरवको बुढी गण्डकी जलाशय युक्त जलविद्युत परियोजना सरकारले सम्पन्न गर्न नचाहेको आरोप लगाएका छन् ।

आयोजना बनाउन चिनियाँ कम्पनीलाई दिने जुल खेल सरकारले खल्यो त्यहिबाट आयोजना नबनाउने षड्यन्त्र भएको समेत उनले दावी गरे ।

पूर्वमन्त्री थापाले धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई लक्ष्यित गर्दै नेकपा धादिङको आदेशमा महोत्सव रोक्ने खेल खेलेको आरोप लगाएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सांसदहरु समेत नदेखिएको यस महोत्सव उद्घाटन स्थलको फोटो पोष्ट गर्दै कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता पोषनाथ अधिकारीले आफ्नो फेसबुकमा लेख्छन् ।

होटल संघ धादिङलेले गर्ने भनिएको यस महोत्सव जिल्ला प्रशासनमा उजुरी परे सँगै शिखरिणी सहकारीले आयोजना गरेको हो । शिखरिणी सहकारीको अध्यक्ष एवम् नेपाली काँग्रेसको नेतृ कल्पना अधिकारीको सभापतित्वमा भएको महोत्सव उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । फोटोः अम्बिका अधिकारी