धादिङ कार्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको अध्यक्षमा दिपक खतिवडा र उपाध्यक्षमा राजाराम रिजाल चयन भएका छन् ।
यस अघि खतिवडा पुर्व एमाले निकट युवा संघकाे निर्वाचित जिल्ला अध्यक्ष थिए भने रिजाल माओवादि केन्द्र निकट वाईसिएल धादिङका उपाध्यक्ष थिए ।
दुई ठुला एमाले र माओवादी पार्टी एकता भएकाे लामाे समय सम्म पनि यी दुई युवा संगठनहरुकाे जिल्ला तहमा एकता हुन नसक्दा युवाहरु याेजना विहिन जस्तै बनेका थिए ।