विकास नयाँ फड्काेमा -मन्त्री जमकट्टेल

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ९, २०७६

धादिङ कार्तिक ९ । ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले विकासले नयाँ फड्काे मारेकाे बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गजुरी गाउँपालिकाले घाटबेसीमा आयाेजना गरेकाे शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्दै मन्त्री जमकट्टेलले विराेधीकाे भ्रम पछि नलाग्न आव्हान गर्दै विकासले नयाँ फड्काे बताएका हुन् ।

धादिङको प्रतिष्ठा सँँग जाेडिएकाे सिस्नेखाेला सुरुङमार्ग, त्रिशूलीमा तुईन मुक्त, ग्रामिण सडक निर्माण र स्तरउन्नती, शिक्षा, स्वास्थ्य लगायत विकासका कामका बारेमा जानकारी दिँदै मन्त्री जमकट्टेलले विकासले नयाँ फड्काे मारेकाे बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गजुरी गाउँपालिकाकाे अध्यक्ष सुर्य तामाङकाे सभापतित्वमा भएकाे कार्यक्रममा संघीय संसद भुमी त्रिपाठी, जिल्ला अध्यक्ष नेत्र पाैडेल, जिल्ला समान्य समिति धादिङका प्रमुख लगायतका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे ।