प्रथम गल्छी अध्यक्ष कपको उपाधी द राईजिङ भिलेजलाई

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ७, २०७६

धादिङ कार्तिक ७ । धादिङको गल्छी गाउँपालिकाले संचालन गरेको प्रथम अध्यक्ष कपको उपाधी गल्छी बैरेनी स्थित द राईजिङ भिलेज माविले चुमेको छ ।

कार्तिक ४ गते देखि जनकल्याण मावि मासटार सुरु भई बिहिबार सम्पन्न भएको गाउँपालिका स्तरीय प्रथम अध्यक्ष कपको उपाधी अंक स्कोरको आधारमा प्याब्सन धादिङमा आवद्ध रहेको गल्छी स्थित द राईजिङ भिलेज माविले चुमेको हो ।

विभिन्न विधाका खेलहरु समाबेस गरिएको उक्त प्रतियोगितामा अंक स्कोरको आधारमा जनकल्याण मावि मासटार द्वितिय, सरस्वती मावि कल्लेरी तृतिय र अमनतादेवि मावि सान्तोना भएको थियो ।

विजेताहरुलाई गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले क्रमस: २५ हजार, १५ हजार, १० हजार र ५००० हजारको साथमा शिल्ड मेडल प्रमाण पत्र प्रदान गरेका थिए ।