सुनौलाबजारमा तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ७, २०७६

धादिङ कार्तिक ७ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुभ दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्तिक ११ गते गर्ने उक्त शुभकामना आदान प्रदान एवम् साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानी कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला सदस्य लक्ष्मण रम्तेलका अनुसार सुनौला बजारमा हुने उक्त कार्यक्रममा धादिङका संघीय संसद खेम लोहनीको प्रमुख आतिथ्यता र प्रदेश संसद डा. रामकुमार अधिकारीको विशेष आतिथ्यता रहने छ ।

बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ ६ को बैठकले कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउन आर्थिक समितिको संयोजकमा लक्ष्मण रम्तेलको संयोजकत्वमा ११ सदस्यीय समिति, प्रचार प्रसारमा नुरकुमार थापाको संयोजकत्वमा ११ सदस्यी समिति, मञ्च व्यवस्थापनको लागि अर्जुन मगरको संयोजकत्वमा ९ सदस्यी समिति र गणेश कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय स्वयम्सेवाक समिति गठन गरिएको छ ।