नेत्रावती डब्जाेङलाई पर्यटन सँग जाेडिने

Avatar photo
Dhadingpost
बुधबार, भदौ २५, २०७६

धादिङ भाद्र २५ । नेत्रावती डब्जाेङ गाउँपालिकालाई पर्यटन सँग कसरी जड्न सकिन्छ भनेर पर्यटन व्यवसायी सँग अन्तरक्रिया गरिएकाे छ ।

गाउँपालिकाले आयाेजना गरेकाे उक्त अन्तरक्रिया कार्यक्रममा धादिङका पर्यटन व्यावसायीहरुकाे सहभागिता रहेकाे थियाे ।

हामी नेत्रावती डब्जाेङ गाउँपालिकालाई कृषि र पर्यटनको माध्यामबाट विकास गर्ने याेजनामा छाै ।

त्यस्काे लागि ३ वटा भ्युटावर बनाउन डिपीआर गरि सकेका छाै भने मठ मन्दिरलाई पनि पैसा छुट्याइएको जानकारी गराउँदै गाउँका अध्यक्ष नारायण शाक्यले अन्तरक्रियाकाे सुवात गरेका थिए ।

पर्यटनका दृष्टिकोणले अत्यन्त सुन्दर भुमि नेत्रावती गाउँपालिकाले पर्यटन प्रवर्धनमा चासाे देखाएकोमा स्वागत गर्दै पर्यटन व्यवसायी कुमार थापाले डाँडा आफै भ्युटावर हाे । फेरि टावरमा लगानी गरेर अनावस्यक रकम खर्च नगर्न आग्रह गरे ।

यस्तै पर्यटन व्यवसायी कमल सापकाेटाले सेमजाेङमा हाेम स्टे बनाउन जाेड दिनु पर्ने र सेमजाेङकाे वाकाराह दह र डब्जाेङ दरवारलाई ऐतिहासिक सुन्दरता सँग जाेडेर पर्यटनको विकास गर्न सकिने बताएका थिए ।

सापकाेटाले पर्यटन व्यवसायीकाे समेत उपस्थितिमा विज्ञकाे सहायताले ट्रेेकिङ रुटकाे डिपीआर गर्न जाेड दिए ।

काठमाडाैंमा बुधबार भएकाे उक्त कार्यक्रममा नेकपा नेता रामबहादुर भण्डारी, संचारकर्मी, गाउँपालिका उपप्रमुख उर्मिला तामाङ, वडा अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे ।