धादिङको नीगालपानीमा चिया खेतीको सुरुवात

Avatar photo
Dhadingpost
सोमवार, साउन ६, २०७६

धादिङ साउन ६ । धादिङको नीलकण्ठ नगरपालिका -९ स्थित नीगालपानीमा चिया खेतीको सुरुवात भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा करिव ३ सय रोपनी जग्गामा चिया खेतीको सुरुभएको हो ।

सोमबार नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले चियाको विरुवा रोपेर उद्घाटन गरेका थिए । नगरपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जन महत्वपूर्ण भुमिका निर्वाह गर्ने लक्ष्यका साथ चिया खेती सुरुगरिएको नगरपालिका प्रमुख ढुङ्गानाले बताएका छन् ।

प्राविधिक देष्टिकोणले नीगालपानीको जग्गा चिया खेतीका लागि उत्तम देखिएकोले नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको भन्दै ढुङ्गानाले अन्यनगरपालिका भित्र रहेका ग्रामिण क्षेत्रहरुमा पनि के गर्दा उपयुक्त हुन्छ प्राविधिक रुपमा अनुशन्धान अगाडी बढाईएको समेत बताए ।

पर्यटन क्षेत्रको राम्रो अनुभव सँगालेका नेपाली काँग्रेसका सभापति रमेश धमला समेत चियाको विरुवा रोप्न सोमबार नीगालपानी पुगेका थिए । उनले चिया खेतीलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्दा बाह्य पर्यटकको आगमन गराउन सकिने बताएका थिए ।