
धादिङबेसी फागुन २६ । धादिङबेसीमा जारी धादिङ पर्यटन तथा औद्योगिक मेला २०७५ मा आज लोकदोहोरी क्षेत्रमा ख्याति कमाएका लोकदोहोरी गायक पशुपति शर्मा सहित राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु आउने आयोजकले बताएको छ ।
जिल्ला होटल संघ धादिङले फागुन १७ गतेबाट आयोजना गरेको धादिङ पर्यटन तथा औद्योगिक मेलामा आज फागुन २६ गते पशुपति शर्मा, सम्झना लामिछाने, देव आले, सरोज सिंखडा, भगवती उप्रेती लगायतका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ ।
हिजो शनिबार मेलामा चर्चित गायीकापूर्णकला बिसी, दुर्गा परीयार, बिन्दा परीयार, गिता सेन्चुरी, नविन पौडेल लगायतका कलाकार मनोरञ्जन दिएका थिए ।

