सञ्जय देवकोटा
धादिङ फागुन २२ । जिल्ला प्रहरी कार्यलय धादिङ र लैङ्गिक हिंसा न्यूनीकरण जिल्ला समन्वय समिति धादिङको संयुक्त आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रमको सम्पन्न भएको छ ।
धादिङबेसी सितलबजारका स्थानीय नागरिकको घर घरमै पुगी लैङ्गिक हिंसा भएको छ कि छैन ? त्यसको अवस्था कस्तो छ बुझ्ने उद्देश्यले आयोजित घर दैलो कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवार, विभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न राजनैतिक दलका महिला नेतृत्व, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रस्ट पार्दै नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले लैङ्गिक हिंसाका घटनाहरु धेरै हुनेगरेकाले हिंसा न्यूनीकरणका लागि सबै सरोकारवाला पक्षसँग सहयोगको आग्रह गर्नुका साथै नगरपालिकाले हिंसा न्यूनीकरणको लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले हिंसा न्यूनीकरणका लागि सबैलाई एकजुट हुन आग्रह गर्दै धादिङलाई लैङ्गि हिंसा मुक्त जिल्ला घोषणा गर्नका लागि सबै पक्षसँग सहकार्य र सहयोग आवश्यक रहेको बताएका थिए ।
विभिन्न १० वटा समुहमा विभाजित टोलीले घर घरमा पुगेर लैङ्गिक हिंसाको अवस्थाबारे जानकारी लिएको थियो ।