
धादिङ पुस १७ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ जलजलेमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
रेडक्रस कर्मी, नागरीक समाज, एम्बुलेन्स, प्रहरीले उद्धार गरि धादिङेसी ल्याईएको घाईतेहरुलाई सेनाको नाईटभिजन हेलिकप्टरबाट साँझ ६ः१५ बजे काठमाडौ लगिएको छ ।
दुर्घटना स्थलबाट २ जना लिएर आएको प्राइभेट हेलिकप्टरमा जम्मा ४ जना काठमाडौ लगेको थियो भने साँझ परिसकेकोले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले सेनाको हेलिकप्टर मगाएका थिए ।

धादिङबेशीबाट दार्खा डुन्डुरेको लागी छुटेको ना १ झ ७३९० नम्बरको जिप जलजलेमा दुर्घटना हुँदा ७ जना गम्भीर घाईते सहित १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घाईते हुनेहरुको नाम
१. बिमला परियार, त्रिपुरासुन्दरी गाउँपालिका ४
२. बाबुराम प्रसाद रिजाल, नीलकण्ठ नगरपालिका ३ का
३. शिल्पा तामाङ, खनियाबास गाउँपालिका ४
४. शंकर तामाङ, खनियावास गाउँपालिका २
५. कपिल खनाल, नीलकण्ठ नगरपालिका १२
६. कुमार लामा, रुवीभ्याली गाउँपालिका ६
७. बुद्धिलामा, रुवीभ्याली गाउँपालिका ५
८. दुलाल तामाङ, रुवीभ्याली गाउँपालिका ६
९. लिला कुमारी तामाङ, खनियावास गाउँपालिका ४
१०. मुन्डी तामाङ, रुवीभ्याली गाउँपालिका ३
११. रेसा तामाङ, रुवीभ्याली गाउँपालिका ३
१२. रेसा तामाङ छोरा बर्ष ५ को श्याम तामाङ रुवीभ्याली गाउँपालिका ३
१३. शुसी तामाङ, रुवीभ्याली गाउँपालिका ३
