मण्डली प्राविधिक शिक्षालयको वार्षिकोत्सव सम्पन्न

Avatar photo
Dhadingpost
पुस १, २०७५


कृष्ण रानामगर
धादिङ पुस १ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ५ फुलखर्कको मण्डली माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयको व्यवस्थापन समिति अध्यक्ष गोपाल बहादुर अधिकारीको अध्यतामा भएको कार्यक्रममा गंगाजमुना गाउँपालिकाको अध्यक्ष बल बहादुर अधिकारीको प्रमुख अतिथ्यता रहेको थियो ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालयलाई अमूल्य योगदान पुर्याउने पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष स्व. सुन बहादुर गुरुङ, को सम्मान उनको धर्मपत्नी (ठुलीमाया गुरुङ) पूर्व प्रधानाध्यापक तथा स्रोत व्यक्ति धुव्रकुमार वानियाँ र अक्षय कोष दाता प्रेम बहादुर अधिकारीलाई सम्मान गरिएको थियो । प्रेम बहादुर अधिकारीले अर्जुन स्मृति अक्षयकोष र चन्द्रसुर्य अक्षयकोष गरी एक एक लाख गरी जम्मा दुई लाखको अक्षय कोष स्थापना गरेका छन् यस्तै शनिबार मात्र पचास पचास हजार थप गरी दुइ वटै अक्षयकोषमा एक लाख पचास, एक लाख पचास हजारको अक्षय कोष बनाउने घोषण समेत गरे ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पूर्व विद्यालय व्यवस्थापन अध्यक्ष राजकुमार कार्कीको तर्फबाट यस वर्षको उत्कृष्ट शिक्षकरुपमा विज्ञान शिक्षक टेक महता, यस वर्षको उत्कृष्ट विद्यार्थीको रुपमा निरज गुरुङ यस वर्षको उत्कृष्ट खेलाडीको रुपमा सुनिल गुरुङ क्रमश रु २ हजार, २ हजार र १ हजार नगद रकमबाट सम्मानित भए ।

विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन प्रसाद नेपालको शैक्षिक, भौतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै । विद्यालयको कुल आम्दानी रु.२ करोड २७ लाख ३७ हजार ९ सय ६३.६५९ र कुल खर्च रु.१ करोड ७२ लाख उनान्चालिस हजार ५६१.८८ पैसा जम्मा बचत रु.५४लाख ९८ हजार ४०१.८१ पैसा रहेका बताएका छन् ।