मन्त्रीपरिषद्को बैठकः भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

Avatar photo
Dhadingpost
कार्तिक २६, २०७५

काठमाडौ, कार्तिक २६ । सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ ।

आइतबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् ।

मन्त्रीपरिषद् बैठकले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस गरेको छ । पाण्डे पूर्वराजदूत हुन् भने ढकाल परराष्ट्रका सहसचिव हुन् ।

सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेन ।

तर,सरकारले भने औपचारिक रुपमा कुनै पनि निर्णय सार्वजनिक गरेको छैन । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले केही महत्वपूर्ण निर्णय भएको र नयाँ प्रवन्ध मिलाएर सार्वजनिक गरिने बताए ।