अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप, १२ जना घाइते

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७५

काठमाडौँ, कार्तिक २५ । रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् ।

घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप भएको हो ।

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी रहेका छन् ।

उनले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताए । उनले अर्को पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिए ।