काँग्रेसको महासमिति बैठक नजिकिएसंगै नेताहरुको असन्तुष्टि बढ्दै

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७५

काठमाडौं, कार्तिक २५ । नेपाली काँग्रेसको महासमिति बैठक नजिकिंदै गर्दा नेताहरुको असन्तुष्टि पनि बाहिरिन थालेको छ ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकबाट विजयकुमार गच्छदार पार्टी उपसभापतिमा मनोनित भएपछि काँग्रेसभित्रको असन्तुष्टि झन बढेको हो ।

काँग्रेस नेता रामहरी खतिवडाले महासमिति बैठकपछि सरकार तथा नागरिकले प्रतिपक्षको महसुस गर्ने बताए । काँग्रेस महासमिति बैठक मंसिर २९ गतेदेखी पुष ३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

रामचन्द्र पौडेल पक्षका नेताले यसलाई विधान विपरितको निर्णय भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका छन् । यसैबीच, काँग्रेस नेताले महासमिति बैठक पछाडी सरकार विरुद्धको रणनिति तयार पारेर अगाडी बढ्ने बताएका छन् ।