गुल्मी, कार्तिक १९। गुल्मीको मदाने ६ पुर्कोटदह पनाहका दुर्गाबहादुर नेपाली लाई पत्नी हत्याको अभियोगमा पक्राउ परेको छ ।
कात्तिक १५ गते राति मान्छे नबस्ने स्थानीयको घरमा उनले श्रीमती सीता नेपालीको हत्या गरेका थिए ।
तीन दिनदेखि फरार नेपालीलार्इ नजिकैको धाराचौर जङ्गलबाट प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिए । तिजमा माइत गएकी श्रीमती लामो समयसम्म घरमा नआएको रिस र मादक पदार्थ सेवन गरेको झोकमा श्रीमतीको हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनीहरू अहिले गाउँपालिकाको सहयोगमा छिमेकी ओमबहादुर नेपालीको संरक्षणमा रहेको गाउँपालिकाका प्रमुख दानबहादुर केसीले जानकारी दिए । उनीहरूको जिम्मा कसले लिने भन्ने समस्या रहेको छिमेकीले बताए ।
नेपालीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत २५ वर्षभन्दा बढी जेल सजाय हुने प्रहरीले जनाएको छ । उनको तीन छोरा र एक छोरी छन् । श्रीमतीको हत्यापछि बालबालिकाको बिचल्ली भएको स्थानीयले बताएका छन् ।
