जलबिरेमा ट्रक दुर्घटना

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

चितवन, कार्तिक १९ । भैरहवा बाट काठमाडौंका लागि प्याज लोड लिएर आएको लु २ ख १८४ नं. को मालबाहक ट्रक ईच्छाकामना गाँउपालिका– ६ जलदेवि मन्दिरको मोडबाट करिब १ सय मिटर तल खसेको छ ।

नारायणगढ – मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका– ६ स्थित जलबिरे मन्दिरको मोडबाट आज बिहान फेरि मालबाहक ट्रक खसेको छ ।

स्मरण रहोस उक्त स्थान दुर्घटनाको उच्च जोखिम स्थल मानिन्छ । उक्त स्थानमा यसपालीको दशैँको टिकाको दिन नै पूर्वबाट आएको यात्रुवाहक बस खस्दा केहिको मृत्यु हुनुका साथै दर्जनौ घाईते भएको थियो ।

उक्त दुर्घटनामा ९ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो ।