तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

Avatar photo
Dhadingpost
कार्तिक १९, २०७५

काठमाडौं, कार्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याएको महत्वपूर्ण योगदान राष्ट्रले स्मरण गरिरहने बताएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्यरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।

मानवअधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो ।