
काठमाडौं कार्तिक १८ । नेपालका मानवअधिकारवादी नेता तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ ।
उपचरका क्रममा रहेका तुलाधरको निधन थापाथलीस्थित नर्भिक अस्पतालमा भएको उनका परिवारका एक सदस्यले बताए ।
पूर्वराजनीतिज्ञ समेत रहेका तुलाधर मस्तिष्क स्नायु सम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए ।
तुलाधार २०५१ सालको आम निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए ।
राष्ट्रिय पञ्चायतमै बहुदलको माग गरेर नेपालको राजनीतिक परिवर्तनमा भूमिका खेलेका तुलाधरले नेपाललाई शान्ति प्रक्रियामा ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।
