मंसिरभित्र मेलम्चीको पानी छाड्न मन्त्रालयको निर्देशन

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७५

काठमाडौँ, कार्तिक १५ । मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७.५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ ।

‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै जनताको घरमा पानी छाड्ने गरी काम गर्न भनेको छ,’ उनले भने, ‘मंसिर अन्तिमसम्म सुरुङको परीक्षण सक्छौँ होला ।

बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए ।

उपभोक्ताको धारामा पानी भने सुरुङको परीक्षण सफल भए मात्र पठाउन सकिने उनले बताए । नयाँ पत्रिकामा खबर छ ।