बोल्न नसक्ने किशोरीलाई सामूहिक बलात्कार

Avatar photo
Dhadingpost
कार्तिक १४, २०७५

तेह्रथुम,कार्तिक १४ । तेह्रथुम छथर गाउँपालिका–१ आङदिम बस्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका–९ की १७ वर्षीया
बोल्न नसक्ने महिलालाई बिगत ३–४ महिना अगाडि जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५७ वर्षीय रुद्रबहादुर मगर, डम्बरबहादुर मगर र अजयकुमार मगर रहेका छन् ।

उक्त घटनाका विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।