२६ वर्षीय कृषकले ऋण तिर्न नसक्दा आत्महत्या

Avatar photo
Dhadingpost
कार्तिक ११, २०७५

नयाँ दिल्ली, कार्तिक ११ । भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन।

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन् । उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो। श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो।