महोत्तरी, कार्तिक ८ । नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ ।
केहि दिनदेखि महोत्तरीको सिमावर्ती क्षेत्र भएर तस्करहरुले विभिन्न जुक्ती लगाएर मदिरा तस्करी गरि रहेको आम जनगुनासो पछि प्रहरी सक्रिय बनेको थियो।
प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।
प्रहरीको गस्ती टोलीले सदरमुकाम जलेश्वरबाट भारतीय सीमा भिटामोड तर्फ जाँदै गरेको डिएल ३ सिडि २२८७ नम्वरको भ्यानमा तस्करीको मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी ईश्वर कार्कीले बताए।
यसैबीच तिहार र छठ नजिकिदै जाँदा सिमावर्ती क्षेत्रबाट पटाकाहरु भित्रयाउने खोज्ने कार्यलाई नियन्त्रण गर्न खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न ठाउँबाट ६५ हजार मूल्य बराबरको पटाका बरामद गरेको एसपी कार्कीले बताए।
मदिरा ढुवानीमा प्रयोग गरिएको भ्यान मुल भन्सार कार्यालय भिटामोडमा बुझाइएको छ।
