जीप दुर्घटनाः एकै परिवारका ३ जनाको मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७५

जुम्ला, कात्र्तिक ८ । जुम्लाको नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका वडा नं. १ वड्कीमा जीप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

उनका अनुसार मृत्यु हुनेमा तिला गाउँपालिका घर भएका ३२ वर्षीया जानकी सार्की, २६ वर्षीय उनका श्रीमान लाले सार्की र ८ महिने छोरी महिमा सार्की रहेका छन् ।

खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनका अनुसार दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको थियो। गम्भीर घाइते चार जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।