चितवनमा पेट्रोलको अभाव

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७५

चितवन, कार्तिक ८ । दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।

केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् ।

जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो ।

तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।