भरतपुर, कार्तिक ८ । चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए ।
उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए ।
‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा ।
लामो यात्राका बसले लेवाटार, कुरिनघाट, कुरिनटार, मुग्लिन, जुगेडी, रामनगरलगायत क्षेत्रमा यात्रुलाई खाना खुवाउँछन् । तिनमा बासी र फोहोर खाना खुवाउने क्रम रोकिएको छैन ।
राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ खाना खान बाध्य भएका हुन्। राजधानी भित्रिँदा र बाहिरिँदा लामो यात्रा गर्नेहरू सबैभन्दा ठूलो समस्यामा पर्ने गरेका छन्। तराईलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक मुग्लिन–नारायणगढ आसपासका होटलले दूषित र फोहोर खाना खुवाउने गरिँदै आएको छ ।
