खुकुरी प्रहार गरी श्रीमानले श्रीमतिको हत्या

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७५

लिवाङ, कार्तिक ८ । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर– ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् ।

बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको हत्या गरेको अनुमान छ ।

मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।