विद्यादेवि भण्डारीले लागाई दिईन केपी शर्मा ओलीलाई टिका

Avatar photo
Dhadingpost
कार्तिक २, २०७५

काठमाडौं कार्तिक २ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन् ।

साईतमा बुबाको हातबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाई दिएका थिईन् ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका थिए ।

त्यसैगरी, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा= युवराज खतिवडा, कानूनमन्त्री भानुभक्त ढकाल, महिला बालबालिकामन्त्री थममाया थापा, संञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायत मन्त्रीहरू शितल निवास पुगेर टीका र जमरा ग्रहण गरेका छन् । अधिकांश मन्त्रीहरू स-परिवार शितल निवास पुगेका थिए ।