लडेर एक मजदूरको मृत्यु

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौं, असोज २९ । सिरहाको नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिलको दुई तला माथिबाट लडेर आइतबार साँझ एक मजदूरको मृत्यु भएको छ ।

चिनी मिलमा काम गर्ने क्रममा छतबाट लडेर सिरहाकै कल्याणपुर नगरपालिका–११ निवासी २३ वर्षीय महेश महराको मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका महरालाई उपचारको लागि कर्जन्हास्थित मेमोरियल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।