नारायणहिटी दरबारमा श्रीपेच सार्वजनिक

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौं, असोज २९ । राजतन्त्रको प्रतिककोरुपमा रहेको श्रीपेज सार्वजनिक भएको छ ।

नारायणहिटी राजदरबार संग्राहलय सर्वसाधारणको लागि खुला गरिए पनि श्रीपेच सार्वजनिक गरिएको थिएन । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहकाबीच श्रीपेच सार्वजनिक गरेका हुन् ।

अब नागरायणहिटी दरबारमा सर्वसाधारणले श्रीपेचको अवलोकन गर्न सक्ने छन्। श्रीपेचलाई बुलेट प्रुफ सिसामा रानीको मुकुट, राजदण्ड सहित राखिएको छ ।