एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

साँखु, असोज २९ । महानगरीय वृत्त बौद्धले आइतबार मध्यराति एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

१६ थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

पक्राउ पारेका उनीहरुको थप अनुसन्धानसहित कानूनी कार्वाही हुने गिरीले जानकारी दिए ।