काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौ, असोज २९ । लमजुङबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३५०७ नम्वरको बस फिस्लिङबाट त्रिशुली नदी किनारमा खसेको छ ।

काठमाडौँबाट आज यात्रुलिएर फर्किन हतारगरेर हिडेको बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा जम्मा ४ जना यात्रु सवार रहेका थिए । जस मध्ये तीन जना घाइते भएका छन् । एक जना हराएको छन । दुर्घटना राती सवा १२ बजेतिर भएको हो भने बसको एक छेउ पानीमा डुवेको छ ।