बिहानसम्म करिब २५ लाख मान्छेले राजधानी छाडे

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौं, असोज २९ । राजधानीबाट गाउँ फर्किनेहरुको भिडले यातायातका साधनसँगै सडकमा पनि चाप निकै बढेको छ ।

मंगलबार बिहानसम्म करीव २५ लाख मान्छेले काठमाडौं उपत्यका छाडेको प्रहरीले बताएको छ । महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ ।

महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक वसन्त पन्तले अष्टमीसम्म पनि मान्छेहरु जानेक्रम जारी रहने भएकाले जानेहरुको संख्या बढ्न सक्ने बताए । काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् ।

त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकुरसहितको सुरक्षा चेकजाँचको व्यवस्था मिलाइएको छ ।