जीप दुर्घटनामा दुई जनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

गुल्मी, असोज २९ । बागलुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ आउँदै गरेको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीले दुर्घटनाको पुष्टि गर्दै चन्द्रकोट गाउँपालिका(२ का ३५ वर्षीय लालबहादुर गुरुङ र ५२ वर्षीय भरत गुरुङको मृत्यु भएको जानकारी दिएको छ ।

लु १ ज २१८१ नम्बरको जीप चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कको गरगरेमा दुर्घटना भएको हो ।

जीपमा कति सवार थिए र के कारणले दुर्घटना भयो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।