काठमाडौ, असोज २५ । बलात्कृत भएकी बालिकाको मेडिकल रिपोर्टमा बलात्कार नभएको भनि मेडिकल रिपोर्ट बनाउने २ जना डाक्टर निलम्बित भएका छन् ।
काउन्सिलरीले डाक्टरद्वय गोइत र सिंहले बलात्कारपीडित बालिकाको शारीरिक जाँच गर्दा न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै व्यावसायिक प्रमाणपत्र निलम्बन गरी चिकित्सकीय गतिविधिबाट बञ्चित गराएको छ ।
बुधबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिलले जनकपुर अञ्चल अस्पतालका डा।रम्भा गोइत र डा। विजयकुमार सिंहलाई अर्को निर्णय नभएसम्मका लागि व्यावसायिक प्रमाणपत्र निलम्बनसँगै बिरामी जाँचमा रोक लगाएको छ ।
