निर्मला हत्या प्रकरण प्रमाण नष्ट गर्ने दुई प्रहरी निलम्बित

Avatar photo
Dhadingpost
अशोज २२, २०७५

काठमडौ, असोज २२ । निर्मला हत्या प्रकरणमा अनुसन्धानमा लापर्वाही गरेको भन्दै दुई प्रहरीलाई निलम्बर गरिएको छ ।

निर्मला हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयद्वारा गठित छानबिन समितिले हत्यामने अनुसन्धानमा प्रहरी नायव निरीक्षक हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गर्न सिफारिस गरेको हो ।

उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ क र ग अनुसार निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न भनेर गएकी कञ्चनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको साउन ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । उक्त शवको मुचुल्का उठाउने क्रममा प्रमाण नै नस्ट हुने काम गरेको भन्दै यसअघि नै उनीहरुलाई कारबाही हुनुपर्ने स्थानीयले माग गर्दै आएका थिए ।

समितिको सिफारिसका आधारमा नायव निरीक्षक धामी र जवान साउँदलाई सोमबार निलम्बन गरिएको वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले जानकारी दिएका छन् ।